जयन्तीपछि ओझेलमा पर्ने भानुभक्त जन्मस्थल, विकास योजनाप्रति स्थानीयको आशा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २९

तनहुँ :नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्त आचार्यको तनहुँस्थित चुँदीरम्घा जन्मस्थल हरेक वर्ष भानु जयन्तीका बेला मात्रै चहलपहल हुने गरेको छ। स्थानीयका अनुसार कार्यक्रम सकिएपछि जन्मस्थल वर्षभर प्रायः सुनसान रहने अवस्था छ।

भानु नगरपालिकाले चुँदीरम्घालाई अन्तर्राष्ट्रियस्तरको साहित्यिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाएको जनाएको छ। यसका लागि सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि २४ करोडभन्दा बढी बजेट सुनिश्चित गरेको बताइएको छ।

गुरुयोजनाअन्तर्गत साहित्यिक उद्यान, भानु भवन, विशाल प्रतिमा, प्रज्ञा भवन, वनस्पति उद्यान, पर्यटन पूर्वाधार र अन्य संरचना निर्माण गरिनेछ। योजना प्रभावकारी रूपमा कार्यान्वयन भए जन्मस्थल वर्षभर साहित्यिक, सांस्कृतिक र पर्यटकीय गतिविधिले जीवन्त बन्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *