सम्मानजनक थर प्रयोगको अधिकार सुनिश्चित गर्न आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले दलित समुदायले आफ्नो पहिचानअनुसार सम्मानजनक थर प्रयोग गर्न पाउने अधिकार व्यवहारमा पनि पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राष्ट्रिय दलित आयोगले सिफारिस गरेका थरहरूको सूची प्रभावकारी रूपमा लागू गर्न र छुटेका थरहरूलाई आवश्यक प्रक्रिया पूरा गरी समावेश गर्नुपर्नेमा जोड दिए। उनका अनुसार थर संशोधन प्रक्रियामा रहेका जटिलताका कारण धेरै नागरिकले प्रशासनिक सेवा तथा नागरिकता सम्बन्धी काममा कठिनाइ भोगिरहेका छन्।

कार्यक्रमका सहभागीहरूले पनि सम्बन्धित सरकारी निकायले थर संशोधन प्रक्रियालाई सहज र प्रभावकारी बनाउन आवश्यक पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *