ब्रिटिस गोर्खाहरूको माग: नागरिकता निरन्तरता सुनिश्चित गर्न गृहमन्त्रीसँग भेट

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ३

काठमाडौं । ब्रिटिस गोर्खा समुदायले गृहमन्त्री सुधन गुरुङसँग भेट गर्दै आफूहरू र आफ्ना सन्ततिहरूको नेपाली नागरिकता निरन्तर कायम राख्न माग गरेका छन् । वर्तमान नागरिकता ऐनअनुसार विदेशी नागरिकता लिएपछि वंशजको नेपाली नागरिकता स्वतः खारेज हुने प्रावधानले अन्याय गरेको उनीहरूको भनाइ छ ।

ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान (CNCBG) का अध्यक्ष थर्क रानाले ऐनको दफा १० संशोधन गरी गोर्खा सैनिक र तिनका सन्ततिहरूलाई विशेष व्यवस्था गर्नुपर्ने बताए । गृहमन्त्री गुरुङले मागलाई सकारात्मक रूपमा लिँदै कानून मन्त्रालयमार्फत संसद्मा छलफल गरिने आश्वासन दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *