|
२०८२ मंसिर १७
काठमाडौँ, १७ मंसिर २०८२ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिको अधिकार, समानता, समावेशिता र सम्मान सुनिश्चित गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
अपाङ्गता दिवसको अवसरमा भृकुटीमण्ड परिसरमा आयोजित समारोहमा मन्त्री खरेलले सरकार अपाङ्गमैत्री नीतिगत र संरचनागत कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारीमा रहेको बताए। उनले अपाङ्गता भएका व्यक्तिको सहयोगी निर्देशिका पनि छिट्टै लागू हुने जानकारी दिए।
मन्त्री खरेलले भने, “यसअघि नेताले गर्छु भने गरेनन्, तर म गर्छु भन्दैन। काम गरेर देखाउँछौँ।” उनले सामाजिक न्याय, समानता र विवेधरहित समाज निर्माणतर्फ सरकार गम्भीर रहेको र अपाङ्गता भएका नेपालीका लागि प्रारम्भिक कदम चालिने पनि स्पष्ट पारे।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्