|
२०८३ असार २६
मुस्ताङ । स्याङ र मार्फा खोलामा बढ्दो नदी उकासका कारण पुल, बस्ती र खेतीयोग्य जमिन जोखिममा परेपछि आजदेखि नदी व्यवस्थापनको काम सुरु गरिएको छ।
स्याङ खोलामा च्यानालिङ गरी नदीको बहावलाई व्यवस्थित बनाउने अभियान अघि बढाइएको हो।
स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समितिको पहलमा सञ्चालन गरिएको कामका लागि इन्धन र आवश्यक उपकरणको व्यवस्था गरिएको छ। सम्बन्धित निकायले नदीजन्य पदार्थको उचित व्यवस्थापन र दीर्घकालीन नदी नियन्त्रण योजना कार्यान्वयन गरी पूर्वाधार तथा बस्तीको सुरक्षा सुनिश्चित गर्ने तयारीसमेत गरेको जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्