डिएसपी चौधरीमाथि कारबाही नभएको प्रहरीको स्पष्टिकरण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २६

काठमाडौं । नेपाल प्रहरीले डिएसपी प्रसन्नराज चौधरीलाई कारबाहीस्वरूप जिल्ला तानिएको भन्ने समाचार असत्य भएको जनाएको छ। प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार चौधरीसँग उनको सार्वजनिक अभिव्यक्तिबारे सामान्य प्रशासनिक रूपमा जानकारी मात्र लिन खोजिएको हो।

प्रवक्ता काफ्लेले कुनै लिखित वा औपचारिक कारबाही, निलम्बन वा सरुवाको प्रक्रिया अघि नबढाइएको स्पष्ट पारे। साथै, सार्वजनिक कार्यक्रममा बोल्दा प्रहरी कर्मचारीले पदको मर्यादा, व्यावसायिक आचरण र कानुनी सीमालाई ध्यानमा राख्नुपर्ने पनि उनले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *