|
२०८३ असार २५
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रतिफल सुनिश्चित हुने क्षेत्रमा मात्र ऋण लगानी गर्ने नीति लिएको बताएका छन्।
राष्ट्रियसभामा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको छलफलमा उनले अनुत्पादक क्षेत्रमा ऋण खर्च गर्दा सार्वजनिक ऋणको भार बढेको उल्लेख गर्दै अब ऋणलाई विकास र उत्पादनमुखी क्षेत्रमा केन्द्रित गरिने बताए।
उनका अनुसार सरकारले चालु आर्थिक वर्षमा लिने अधिकांश ऋण पुराना दायित्व भुक्तानीमा खर्च हुनेछ भने अर्थतन्त्र विस्तारसँगै ऋण–जीडीपी अनुपात स्थिर राख्ने लक्ष्य रहेको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्