विवादित अभिव्यक्तिपछि डीएसपी चौधरीमाथि छानबिन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २५

काठमाडौँ : कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई विवादित अभिव्यक्तिबारे सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बोलाइएको छ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख चौधरीले सार्वजनिक कार्यक्रममा दिएको राजनीतिक सन्दर्भ जोडिएको अभिव्यक्तिपछि प्रहरी नेतृत्वले छानबिन थालेको हो।

प्रहरीका अनुसार उनको कार्यशैली र विगतका गतिविधिसम्बन्धी उजुरीबारे समेत बुझ्न जिल्ला तानिएको हो। आवश्यक परामर्श र अनुसन्धानपछि थप प्रक्रिया अघि बढाइने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *