|
२०८३ असार २५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेले गोकर्णेश्वर क्षेत्रमा खानेपानीको समस्या तत्काल समाधान नभए स्थानीयवासीले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
संसदको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले मेलम्चीको पानी आउने क्षेत्रकै नागरिक पानीबाट वञ्चित हुनु दुःखद भएको बताए। वितरण प्रणालीमा अनियमितता र कर्मचारीको लापरबाहीका कारण गोकर्णेश्वरका बासिन्दाले सास्ती खेपिरहेको उनको आरोप थियो।
पाण्डेले केयूकेएलले पानी वितरणमा निष्पक्षता अपनाउनुपर्नेमा जोड दिँदै सुधार नभए स्थानीय जनताको असन्तुष्टि थप बढ्ने बताए। साथै, आरुबारीमा निर्माणाधीन २ करोड लिटर क्षमताको पानी ट्यांकीको काम अघि बढाउन र गोकर्णेश्वरका वडाहरूमा देखिएको खानेपानी समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गरे।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्