संसदभन्दा सामाजिक सञ्जालमा बढी केन्द्रित भएको आरोप

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २३

काठमाडौं, असार २३ । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले सरकारको पहिलो १०० दिनको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लोकप्रियता खोज्नुभन्दा जनताको अपेक्षाअनुसार जिम्मेवार ढंगले काम गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले सरकारका केही सकारात्मक प्रयासको प्रशंसा गरे पनि संसदप्रतिको उत्तरदायित्व, सुशासन र लोकतान्त्रिक अभ्यासमा कमजोरी देखिएको टिप्पणी गरे। प्रधानमन्त्री संसदभन्दा सामाजिक सञ्जालमा बढी सक्रिय देखिएको उल्लेख गर्दै उनले मुलुकको नेतृत्व गम्भीरता र जिम्मेवारीका साथ अघि बढाउनुपर्ने धारणा राखे।

आङदेम्बेले भ्रष्टाचार नियन्त्रणका लागि सुरु गरिएको सम्पत्ति छानबिन अभियानको स्वागत गर्दै प्रधानमन्त्रीसहित सबै उच्च राजनीतिक नेतृत्वको सम्पत्तिमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने मागसमेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *