गृहमन्त्रीको राजीनामा माग्दै सुदनले चलाए सामाजिक सञ्जालमा अभियान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ४

काठमाण्डौँ । हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालविरूद्ध सामाजिक सञ्जालमा अभियान चलाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा माग गर्दै गृहमन्त्री अर्यालविरूद्ध अभियान चलाएका हुन् । ‘मौनतालाई कमजोरी नठान्नू ः जनआन्दोलनको ज्वालामुखी उठ्दैछ’ भन्दै गुरूङले एउटा पोस्टर फेसबुकमा साझा गरेका छन् ।

सुदनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा दमन गर्नेहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै आएका छन् । तर त्यसको बेवास्ता गरेको भन्दै गृहमन्त्री अर्यालविरुद्ध गुरुङ खरो उत्रिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *