सोलुखुम्बु । सोताङ गाउँपालिका १ स्थित पञ्चकन्या कालिका देवी मन्दिरको पुजारीसमेत लाई गाउँपालिकाद्धारा हटाइएको भनि विभिन्न समाजिक सञ्जालमा गरिएको प्रचार प्रति गाउँपालिकाले आपत्ति जनाएको छ । उक्त विषयमा सामाजिक सञ्जालमा भएको अर्नागल प्रचारप्रति गाउँपालिकाले ध्यानकर्षण गराएको हो ।
गाउँपालिकाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै वडा नम्बर १ मा खानेपानीको समस्या रहेको हुँदा स्थानीय सरकारको पहलमा भारतीय राजदुतावासको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लगानीमा मन्दिर समितिका सदस्य समेत संलग्न भई खानेपानी आयोजना सञ्चालन भएको थियो । मन्दिर परिसर हुँदै पाइपलाइन विस्तारलगायतका ९८ प्रतिशत काम सम्पन्न भएपछि मन्दिर समितिभित्रका केही व्यक्तिले विमती जनाएका थिए । तर सपभोक्ताहरुले खानेपानी पाउनु पर्ने, योजना सम्पन्न गर्नुपर्ने भन्दै पाईप पुर्ने काम गरेपछि पन्चकन्या कालिका मन्दिर समितिद्धारा समिति विघटन गरि समितिमा रहेका समान र फाइलहरु पालिकालाई बुझाएको गाउँपालिकाले विज्ञप्तीमार्फत जनाएको छ ।
गाउँपालिकाले मन्दिरका पुजारीलाई नहटाएको प्रस्ट पारेको छ । मन्दिर संरक्षण, प्रवर्दन र व्यवस्थापनका लागि बजेट विनियोजन भई काम भईसकेको र थप व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने जानकारीसमेत गराएको छ ।
यस्तै, समाजिक सञ्जालमा भ्रामक सूचना फैलाई कानुनले बर्जित गरेको धार्मिक सहिष्णुतामा खलल पुर्याउने कार्य नगर्न नगराउन पनि अनुरोध गरेको छ ।



दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्