|
२०८३ असार १८
जुम्ला, असार १८ – जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावत भेडा गोठालो गएका बेला छोटा खर्क पाटन क्षेत्रमा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। सोही घटनामा दुई जना स्थानीय घाइते भएका छन्, उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।
यसैबीच, चट्याङकै कारण चन्दननाथ नगरपालिका–१० स्थित सिद्धि गणेश सामुदायिक वनमा १२ वटा खसी–बाख्रा मरेको पनि प्रहरीले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्