|
२०८३ असार १८
काठमाडौं, असार १८ – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घट्ने क्रममा रहेको छ। पछिल्लो कारोबारमा ब्रेन्ट क्रुडको मूल्य १.२४ प्रतिशतले घटेर प्रतिव्यारेल ७०.६८ अमेरिकी डलरमा पुगेको छ भने डब्लुटीआई क्रुड १.३७ प्रतिशतले घट्दै ६७.६४ अमेरिकी डलर प्रतिव्यारेलमा कारोबार भइरहेको छ।
यसैबीच, अमेरिकाको कच्चा तेल भण्डार ३.८ मिलियन ब्यारेलले घटेर ४०८.४ मिलियन ब्यारेलमा सीमित भएको छ। यो भण्डारण स्तर सन् २०१८ यताकै सबैभन्दा कम रहेको बताइएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्