कतारको औद्योगिक केन्द्रमा विस्फोट, विभिन्न देशका कामदार प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ९

दोहा : कतारको रस लाफान औद्योगिक क्षेत्रमा रहेको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा विभिन्न देशका कामदार प्रभावित भएका छन्। घटनामा १३ जनाको मृत्यु भएको जनाइएको छ, जसमा १२ भारतीय र एक पाकिस्तानी नागरिक रहेका छन्।

घटनामा नेपालीसहित कतार, बङ्गलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरू घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको छ भने उनीहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

आइतबार भएको विस्फोटको कारणबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *