मेष
आज योजनाबद्ध ढंगले अघि बढे सफलता प्राप्त हुने सम्भावना छ। पेशागत क्षेत्रमा नयाँ जिम्मेवारी वा अवसर आउन सक्छ। परिवारसँगको भेटघाट र रमाइलो वातावरणले मन प्रसन्न रहनेछ।
वृष
आत्मबल र साहसका कारण रोकिएका काम पूरा गर्न सकिनेछ। विगतका उपलब्धिले थप उत्साह प्रदान गर्नेछ। टाढा रहेका आफन्तसँगको भेटले खुसी मिल्ने संकेत छ।
मिथुन
लक्ष्यप्राप्तिका लागि इच्छाशक्ति बलियो रहनेछ। व्यापारमा अपेक्षित सहयोग नपाए पनि दैनिक आय सामान्य रहन सक्छ। निर्णय गर्दा आफ्नै विवेक प्रयोग गर्नु उपयुक्त हुनेछ।
कर्कट
मेहनतको प्रतिफल प्राप्त हुने दिन रहेको छ। विद्यार्थीहरूका लागि अध्ययनमा राम्रो उपलब्धि हासिल हुने सम्भावना छ। प्रेम सम्बन्धमा सकारात्मक संकेत देखिएको छ भने आवश्यक भौतिक साधन जुट्न सक्छन्।
सिंह
नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ भने व्यापारबाट लाभ मिल्ने संकेत छ। जीवनसाथीको सहयोगले घरेलु काम सहज बन्नेछ।
कन्या
आत्मविश्वास उच्च रहने भएकाले चुनौतीपूर्ण काम पनि सहजै सम्पन्न गर्न सकिनेछ। परिवारका भाइबहिनी वा आफन्तबाट सहयोग प्राप्त हुने देखिन्छ।
तुला
आर्थिक पक्ष सुदृढ हुने संकेत छ। बोली र व्यवहारको प्रभावले काम सफल बनाउन सकिनेछ। आफन्तजनसँगको भेटघाट र मेलमिलापले दिन सुखद बन्नेछ।
वृश्चिक
सेवामूलक तथा सामाजिक कार्यमा संलग्नताले प्रतिष्ठा बढाउन सक्छ। शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। नयाँ योजना बनाउने र भविष्यका कामको खाका कोर्ने उपयुक्त समय देखिएको छ।
धनु
दाम्पत्य जीवनमा समझदारी र मिठास कायम रहनेछ। साझेदारीमा गरिने कामबाट लाभ प्राप्त हुन सक्छ। छिमेकी र समाजसँगको सम्बन्ध सुधार हुने संकेत देखिएको छ।
मकर
परिवारजनको सहयोगले अड्किएका काम अघि बढ्नेछन्। यात्राको क्रममा केही असहजता आउन सक्ने भएकाले सावधानी आवश्यक छ। स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।
कुम्भ
प्रतिस्पर्धीमाथि अग्रता कायम गर्दै नयाँ अवसर हात पार्न सकिनेछ। मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक पक्ष मजबुत बन्ने र रोकिएका काम पूरा हुने सम्भावना छ।
मीन
नयाँ कामको सुरुवात गर्ने अनुकूल समय रहेको छ। सामाजिक तथा सामूहिक कार्यक्रममा सक्रिय सहभागिता रहनेछ। दीर्घकालीन योजना निर्माणका साथै आकस्मिक आर्थिक लाभको सम्भावना पनि देखिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्