काठमाडौं — नेपाली चलचित्र तथा रंगमञ्चका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। हृदयाघात भएपछि उनलाई तत्काल उपचारका लागि काठमाडौंस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको हो।
थापाको निधनको खबर कलाकार वील्सन विक्रम राईले सार्वजनिक गर्दै नेपाली कला क्षेत्रले एक अनुभवी र सम्मानित व्यक्तित्व गुमाएको जानकारी दिएका हुन्। उहाँको निधनले चलचित्र उद्योग मात्र होइन, सम्पूर्ण सांस्कृतिक क्षेत्र शोकाकुल बनेको छ।
कलाकार केदार घिमिरे (माग्नेबुढा)ले पनि सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरेका छन्। उनले लेखेका छन्, “वरिष्ठ कलाकार सुनिल थापा दाइको अचानक निधनको खबरले अत्यन्तै मर्माहत बनाएको छ। नेपाली चलचित्र उद्योगले आज एक अमूल्य धरोहर गुमाएको छ। उहाँले कला क्षेत्रमा दिनुभएको योगदान सधैँ सम्झनलायक रहनेछ। भावपूर्ण श्रद्धाञ्जली, वैकुण्ठ वास होस्।”
लामो समयदेखि अभिनय क्षेत्रमा सक्रिय रहँदै आएका थापाले थुप्रै चर्चित चलचित्र तथा नाटकमार्फत दर्शकको मन जित्न सफल भएका थिए। उनको निधनले नेपाली कला जगतमा अपूरणीय क्षति पुगेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्