ब्रेक फेल हुँदा बाजुरामा बस दुर्घटना, दुई दर्जन यात्रु घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–१० रिठा बजार नजिकै बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन्।

प्रहरीका अनुसार पवनदूत यातायातको सुप्र ०२–००१ ख १३५५ नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो। बसमा सवार ३५ यात्रुमध्ये घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

घाइतेमध्ये २३ जनाको उपचार जिल्ला अस्पताल बाजुरामा भइरहेको छ भने एक जनालाई थप उपचारका लागि अछामस्थित बयलपाटा अस्पताल लगिएको छ। प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएर दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *