रास्वपाको महाधिवेशनलाई गगन थापाको सन्देश : “परिपक्व राजनीतिक यात्राको नयाँ अध्याय सुरु होस्”

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभेच्छा सन्देश जारी गर्दै थापाले छोटो समयमै रास्वपाले राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति स्थापित गर्न सफल भएको उल्लेख गरेका छन्। उनले पार्टी नेतृत्वले संगठन विस्तारदेखि निर्वाचनसम्मको यात्रामा देखाएको सक्रियता र प्रयासको प्रशंसा समेत गरेका छन्।

थापाका अनुसार महाधिवेशन रास्वपाका लागि नीति, विचार र संगठनात्मक संरचनालाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसर हो। उनले लोकतान्त्रिक मूल्य, संविधानले सुनिश्चित गरेका नागरिक अधिकार तथा जवाफदेहितालाई केन्द्रमा राखेर पार्टीले आगामी दिशा तय गर्ने विश्वास व्यक्त गरेका छन्।

उनले महाधिवेशनले रास्वपालाई अझ जिम्मेवार, स्पष्ट दृष्टिकोणसहितको र जनअपेक्षाअनुसार काम गर्ने राजनीतिक शक्तिका रूपमा विकास गर्न ऊर्जा प्रदान गर्ने अपेक्षा पनि व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *