|
२०८३ असार ६
काठमाडौं, असार ६ — सरकारले महिलाको सुरक्षित र सहज यात्रालाई लक्षित गर्दै सातवटै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालनको तयारी अघि बढाएको छ।
योजना अनुसार पहिलो चरणमा १०० दिनभित्र २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। काठमाडौं उपत्यकामा साझा यातायातसँग सहकार्य गरी ७ वटा र उपत्यकाबाहिर १८ वटा बस सञ्चालन गर्ने तयारी भइरहेको छ।
सरकारले सार्वजनिक यातायातमा महिला तथा बालिकाको सुरक्षा बढाउन सिसीटिभी र ड्यासक्याम जडानलाई पनि प्राथमिकता दिएको जनाएको छ। ब्लु बस सेवा विस्तारसँगै दैनिक यात्रा गर्ने महिला, विद्यार्थी र श्रमिकलाई सुरक्षित आवागमनको सुविधा पुग्ने अपेक्षा गरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्