पासपोर्ट प्रकरणमा पारदर्शी अनुसन्धानको माग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ६

काठमाडौं, असार ६ — नेपाली कांग्रेसका नेता गगन थापाले चर्चित पासपोर्ट प्रकरणको निष्पक्ष र कानुनी प्रक्रियाअनुसार अनुसन्धान हुनुपर्ने बताएका छन्।

कांग्रेसको ‘ग्रिन टेबल’ संवाद कार्यक्रममा बोल्दै उनले प्रकरणबारे अनुसन्धान सुरु भएको जानकारी सकारात्मक भए पनि त्यसलाई विधिसम्मत रूपमा अन्त्यसम्म पुर्‍याउनुपर्ने बताए। उनका अनुसार सुशासन र जवाफदेहिताको पक्षमा कांग्रेस सुरुदेखि नै उभिएको छ।

थापाले भ्रष्टाचार तथा आर्थिक अनियमिततामा संलग्न व्यक्तिमाथि कारबाही हुनुपर्ने धारणा राख्दै अनुसन्धानका क्रममा कानुनी प्रक्रिया र स्थापित मापदण्ड उल्लंघन हुन नहुनेमा जोड दिए। उनले सम्पत्ति छानबिन आवश्यक भए पनि त्यसका लागि अपनाइने प्रक्रिया संविधान र कानुनअनुकूल हुनुपर्ने उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *