|
२०८३ असार ६
काठमाडौं, असार ६ — नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले आफू राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुने भन्ने प्रचारमा कुनै सत्यता नभएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफ्नो सहभागिताबारे फैलाइएको चर्चाको खण्डन गरेका हुन्। साथै, रास्वपाभित्र पनि अन्य दलमा जस्तै आन्तरिक मतभेद र प्रतिस्पर्धा रहेको संकेत गर्दै टिप्पणी गरेका छन्।
बास्कोटाको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन् भने रास्वपाले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्