|
२०८३ असार ५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले पार्टी सामाजिक–आर्थिक रूपान्तरणको लक्ष्यसहित अघि बढिरहेको बताएका छन्।
पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै नेपालले पार्टीविरुद्ध फैलाइएका नकारात्मक प्रचारमा विश्वास नगर्न नेता–कार्यकर्तालाई आग्रह गरे। उनले देश र जनताको हितलाई केन्द्रमा राखेर संगठन विस्तारको काम भइरहेको दाबी गरे।
नेपालले नेपाली समाजको आवश्यकता अनुसार वैज्ञानिक समाजवादको अवधारणालाई अघि बढाइएको उल्लेख गर्दै पार्टीको विधानलाई अन्तिम रूप दिने तयारी भइरहेको जानकारी दिए। उनले जनताका मुद्दालाई प्राथमिकतामा राखेर पार्टीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्
2 Comments
pornip
July 30, 2026Good a blog toper
Free MetArt Porn Pics
August 19, 2026Great post,Thanks for sharing