नकारात्मक प्रचारबाट प्रभावित नहुन कार्यकर्तालाई माधव नेपालको सन्देश

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ५

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले पार्टीविरुद्ध फैलाइएका भ्रमपूर्ण र नकारात्मक प्रचारमा विश्वास नगर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

शुक्रबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी देश, जनता र सामाजिक–आर्थिक परिवर्तनको लक्ष्यसहित अघि बढिरहेको बताए। उनले नेपाली समाजको आवश्यकता अनुसार वैज्ञानिक समाजवादको अवधारणालाई अगाडि बढाइएको उल्लेख गरे।

नेपालले पार्टीको विधानलाई छिट्टै अन्तिम रूप दिइने जानकारी दिँदै संगठन विस्तार र सुदृढीकरणको काम तीव्र रूपमा भइरहेको बताए। साथै, पार्टीलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *