चीनको गुआङडोङमा बाढीको असर, हजारौँ नागरिक सुरक्षित स्थानमा सारिए

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ४

गुआङडोङ । दक्षिण चीनको गुआङडोङ प्रान्तमा लगातार परेको भारी वर्षाका कारण करिब ३७ हजार ६०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

बाढीको जोखिम बढेपछि स्थानीय प्रशासनले आपतकालीन व्यवस्था लागू गर्दै उद्धार तथा राहत टोली परिचालन गरेको जनाएको छ। केही सहरमा विद्यालय बन्द गरिएको छ भने रेल सेवाको समयतालिका समेत परिवर्तन गरिएको छ।

अधिकारीहरूका अनुसार हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। मौसम विभागले केही दिन अझै वर्षा जारी रहन सक्ने चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *