चालकको असावधानीले झापामा बढे सडक दुर्घटना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ४

भद्रपुर, असार ४ — झापामा सडक दुर्घटनाका अधिकांश घटनामा चालकको लापरवाही प्रमुख कारण रहेको तथ्य सार्वजनिक भएको छ।

जिल्ला प्रहरी कार्यालयको पछिल्लो विवरणअनुसार जेठ महिनाभर १७४ वटा सवारी दुर्घटना भएका छन्, जसमध्ये अधिकांश दुर्घटना मानवीय त्रुटिका कारण भएका हुन्। सो अवधिमा दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने २८६ जना घाइते भएका छन्।

प्रहरीले सडकको अवस्था वा सवारीको प्राविधिक समस्याभन्दा चालकको असावधानीले बढी दुर्घटना निम्तिएको जनाएको छ। सडक सुरक्षा सुदृढ बनाउन सञ्चालन गरिएको संयुक्त सवारी जाँच अभियानमा नियम उल्लङ्घन गर्ने २ हजारभन्दा बढी सवारीसाधनमाथि कारबाही गरिएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *