बारामा छतबाट लड्दा ५० वर्षीय पुरुषको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २

निजगढ : बारा जिल्लाको कोल्हवी नगरपालिका–३ स्थित जुगुवा टोलमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति स्थानीय ५० वर्षीय सोभालाल चौधरी रहेको प्रहरीले जनाएको छ।

गएराति आफ्नै घरको छतबाट लडेर गम्भीर घाइते भएका चौधरीको टाउको र मुखमा चोट लागेको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि परवानीपुरस्थित अस्पताल लगिएकोमा आज बिहान उनको निधन भएको प्रहरीले जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *