मगर समुदायले उत्साहका साथ मनाए भूमे पर्व

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २

टीकापुर, असार २ — मगर समुदायको परम्परागत भूमे पर्व टीकापुरमा उल्लासपूर्वक मनाउन थालिएको छ। पर्वमा सहभागीहरूले भूमि, प्रकृति र कृषि उत्पादनप्रति सम्मान व्यक्त गर्दै सुख, समृद्धि तथा प्राकृतिक विपत्तिबाट सुरक्षाको कामना गरेका छन्।

दाङदेखि कैलालीसम्मका मगर समुदायका अगुवाहरू कार्यक्रममा सहभागी भएका छन्। भूमि पूजासँगै सांस्कृतिक झाँकी, परम्परागत नृत्य, भेषभूषा तथा स्थानीय परिकारको प्रदर्शन गरिएको छ।

समुदायका नेताहरूले भूमे पर्वले सांस्कृतिक संरक्षण, प्रकृतिप्रतिको सम्मान र सामाजिक एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *