|
२०८३ जेष्ठ २९
धनगढी, जेठ २९ — दार्चुलाको दुहुँ गाउँपालिका क्षेत्रमा प्रहरीले भारत लैजान तयारी अवस्थामा रहेको ठूलो परिमाणको झ्याउ बरामद गरेको छ। महाकाली नदी किनारबाट ३९ बोरा झ्याउसहित चार स्थानीय व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद झ्याउको तौल १ हजार ३६८ किलोग्राम रहेको र यसको अनुमानित मूल्य करिब ३ लाख ४२ हजार रुपैयाँ रहेको बताइएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।
जफत गरिएको वनजन्य सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी अपि–नम्पा संरक्षण क्षेत्र लाई बुझाइएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्