मानव अधिकारका सवालमा कांग्रेसको जोड

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २३

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय मानव अधिकार आयोगले दिएका सुझाव र प्रतिवेदनहरू व्यवहारमा लागू हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा आयोगका सिफारिसहरू कार्यान्वयन नहुँदा अन्यायमा परेकाहरूले न्याय नपाएको र दोषीहरू जिम्मेवार नबनेको अवस्था रहेको बताए। अब भने यस्ता कमजोरी दोहोरिन नदिने गरी कांग्रेस अघि बढ्ने उनको भनाइ थियो।

थापाले मानव अधिकारसम्बन्धी विषयलाई पार्टीले गम्भीर रूपमा लिएको उल्लेख गर्दै आयोगका सिफारिस कार्यान्वयनलाई प्राथमिकतामा राखिने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *