आकस्मिक नभएका बिरामीको बीमा दाबी अस्वीकृत हुने

DaksuMedia दाक्सु मिडिया
|
जेष्ठ १८, २०८३

काठमाडौं, जेठ १८ । स्वास्थ्य बीमा बोर्डले सामान्य अवस्थाका बिरामीलाई आकस्मिक सेवाअन्तर्गत उपचार गरेर पेश गरिएका बीमा दाबी स्वीकार नगर्ने जनाएको छ।

बोर्डले सोमबार सूचना जारी गर्दै वास्तविक आकस्मिक अवस्थाका बिरामीलाई मात्र उक्त सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको हो।

सूचनाअनुसार आकस्मिक उपचार आवश्यक भएका बिरामीको उपचार, भर्ना वा शल्यक्रिया भएमा बीमा सुविधा उपलब्ध हुनेछ। तर सामान्य बिरामीलाई आकस्मिक देखाएर दाबी पेश गरे भुक्तानी नहुने बोर्डले स्पष्ट पारेको छ।

साथै, बोर्डले सेवाग्राही र स्वास्थ्यकर्मीलाई नियमविपरीत सेवा माग्दै अनावश्यक दबाब नदिन पनि आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *