|
२०८३ जेष्ठ १५
काठमाडौं । सरकारले निजामती तथा सार्वजनिक सेवाका कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिए।
नयाँ व्यवस्थाअनुसार कर्मचारीहरूले प्रोत्साहन भत्ता र मासिक पाँच हजार रुपैयाँ महँगी भत्ता पनि यथावत् पाउनेछन्। यससँगै कुल पारिश्रमिक करिब २१ प्रतिशतसम्म बढ्ने बताइएको छ।
तलब समायोजनपछि मुख्यसचिवको मासिक पारिश्रमिक झण्डै एक लाख रुपैयाँ पुग्नेछ भने कार्यालय सहयोगीको तलब करिब ४० हजार रुपैयाँ हाराहारी पुग्ने सरकारको भनाइ छ। यो सुविधा निजामतीसँगै प्रहरी, सेना, शिक्षक र अन्य सार्वजनिक सेवाका कर्मचारीमा पनि लागू हुने जनाइएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्