३ सातामा ३ ठूला दुर्घटना, ४४ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ११

काठमाडौँ । पछिल्लो तीन साताभित्र देशका विभिन्न स्थानमा भएका तीन ठूला सवारी दुर्घटनामा ४४ जनाभन्दा बढीको मृत्यु भएको छ । बढ्दो दुर्घटनापछि नेपाल प्रहरीले कारण विश्लेषण सुरु गरेको जनाएको छ ।

प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार सडकको अवस्था, सवारी साधनको प्राविधिक समस्या र चालकको लापरबाही दुर्घटनाका मुख्य कारण हुन् । “धादिङ दुर्घटना अनियन्त्रित भएर भएको देखिन्छ, बढ्दो दुर्घटनाबारे विश्लेषण गरिरहेका छौं,” उनले भनेका छन् ।

माघ २२ गते बैतडीको पुर्चौडी–७ बडगाउँमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो । त्यसको पाँच दिनपछि रामेछापको त्रिवेणीघाटमा भएको अर्को दुर्घटनामा १२ जनाले ज्यान गुमाए । पछिल्लो पटक फागुन ११ गते धादिङको बेनिघाट रोराङ–५ भैंसेगौडामा पोखराबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूली नदी किनारमा खस्दा १९ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई काठमाडौँलगायत विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। सरोकारवाला निकायले दुर्घटना न्यूनीकरणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै आलोचना बढिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *