|
२०८३ बैशाख २५
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका विषयमा राष्ट्रिय नीति मन्थनु कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीको पार्टी-सांसद-सरकार समन्वय समितिको आयोजनामा यो विशेष अन्तरक्रिया कार्यक्रम हुन लागेको हो । मुलुकमा विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा प्रभावकारी नीति निर्माण र व्यवस्थापनका उपायहरूबारे छलफल गर्न यो कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ ।
रास्वपाका महामन्त्री एवं समन्वय समितिका संयोजक भूप देव शाहले जारी गरेको पत्रमा आगामी वैशाख २७ गते आइतबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभा हलमा यो कार्यक्रम सञ्चालन हुनेछ।
कार्यक्रमलाई अर्थपूर्ण र परिणाममुखी बनाउन पार्टीका सबै केन्द्रीय विभागका प्रमुख वा प्रतिनिधिहरूलाई अनिवार्य सहभागी हुन अनुरोध गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्