काठमाडौं । सरकारले सुकुमबासी बस्ती हटाउने तयारी थालेपछि सुकुमबासी बस्तीमा बस्दै आएकाहरू सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा जान लागेका छन् । आफूहरूलाई नहटाउन दबाब दिनका लागी उनीहरू वनस्थलीस्थित पार्टी कार्यालयमा जान लागेका हुन् ।
नदी किनारमा घर,टहरा बनाएर बस्नेहरू आउन लागेको सूचना पाएपछि रास्वपाको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पार्टी कार्यालयमा बालाजुका डीएसपी यमलाल बञ्जाडेको नेतृत्वमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
शुक्रबार बिहानैदेखि सरकारको निर्णयको विरोध गर्दै सुकुमबासीहरुले थापाथलीमा प्रदर्शन गरेका थिए । शनिबार र आइतबार थापाथली, गैह्रिगाउँ र मनहरा खोला क्षेत्रको नदी किनारको बस्ती खाली गर्ने गरी स्थानीय प्रशासनले तयारी गरेको छ । स्थानीय प्रशासनले बिहीबार साँझदेखि नै सो क्षेत्रमा माइकिङ गरिरहेको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्