संसद् अधिवेशन रोक्न सरकारद्धारा राष्ट्रपति कार्यालयलाई पत्र

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १०

काठमाण्डौ । सरकारले यही वैशाख १७ गतेका निम्ति आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन रोक्न राष्ट्रपतिको कार्यालयमा पत्र पठाएको छ ।

सरकारको सिफारिसमा वैशाख ९ राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका थिए । त्यो अधिवेशन रोक्न वैशाख १० गते आज सरकारले राष्ट्रपति कार्यालयमा पत्र पठाएको हो । अधिवेशन रोकेर कहिले आह्वान गर्ने भन्ने मिति पनि पत्रमा उल्लेख नभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रपति कार्यालयले अहिलेसम्म अधिवेशन रोकिसकेको छैन । राष्ट्रपतिको कार्यालयले वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को सिफारिसमा भन्दै यसअघि अधिवेशन आह्वानको सूचना जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *