काठमाडौँ । संसदको दुवै सदनको चालु अधिवेशन भोलि रातिदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२स्०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम यो निर्णय भएको जानकारी दिएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को निर्णय र सिफारिसका आधारमा राष्ट्रपतिले यो कदम चालेका हुन् ।
यससँगै प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्तमान अधिवेशन औपचारिक रूपमा समापन हुने भएको छ । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारीका लागि यो सिफारिस गरेको हो ।
नेपालको संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्