आजदेखि राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ४

काठमाडौँ । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा सुरु हुँदैछ। नयाँ वानेश्वरको संसद् भवन जेनजी आन्दोलनका क्रममा क्षति पुगेकाले अधिवेशन अस्थायी रूपमा सिंहदरबारमै सञ्चालन गर्न लागिएको हो।

पहिलो बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट आएको अधिवेशन आह्वान पत्र वाचन गर्नेछन् भने दिवंगत कांग्रेस सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव पेश गरिनेछ। संसद् सचिवालयका अनुसार अधिवेशनका सबै तयारी पूरा भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा माघ ४ गते बिहान ११ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्। यसैबीच, निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभाका १९ सदस्यको निर्वाचनको तयारीसमेत अघि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *