कांग्रेसले मन्त्रालय संख्या घटाउनेबारे प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ६

काठमाण्डौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज प्रदेशका आफ्नो पार्टीका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछ । दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल सुरु हुनेछ ।

छलफलमा सात प्रदेशकै पार्टी सभापति, प्रदेश संसदीय दलका नेताहरू सहभागी हुनेछन् । प्रदेशको मन्त्रालय संख्या घटाउने र सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल हुने बताइएको छ ।

कांग्रेसले मधेस, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशको नेतृत्व गरिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *