|
२०८२ चैत्र ३०
काठमाडौं — हंगेरी मा १६ वर्षदेखि सत्तामा रहेका प्रधानमन्त्री भिक्टर ओर्बान को शासन अन्त्य भएको छ। हालै सम्पन्न आम निर्वाचनमा मतदाताले विपक्षी दललाई स्पष्ट बहुमत दिएपछि सत्ता परिवर्तन भएको हो।
विपक्षी नेता पिटर मग्यार नेतृत्वको तिज्जा पार्टीले १९९ सदस्यीय संसदमा १३८ सिट जित्दै दुई–तिहाइ बहुमत हासिल गरेको छ। ओर्बानको फिडेज पार्टी भने ५५ सिटमा सीमित भएको छ।
चुनावपछि ओर्बानले हार स्वीकार गर्दै मग्यारलाई बधाई दिएका छन्। यस निर्वाचनमा झन्डै ८० प्रतिशत मत खसेको थियो, जुन साम्यवादपछिकै उच्च सहभागिता मानिएको छ।
ओर्बानको बहिर्गमनसँगै हंगेरीमा रहेका चिनियाँ लगानीबारे अनिश्चितता बढेको छ। उनको कार्यकालमा भित्रिएको ठूलो चिनियाँ लगानी, विशेषगरी उद्योग क्षेत्रमा भएका परियोजनाहरू, नयाँ सरकारको नीतिका कारण प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्