काठमाडौं, चैत २९ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा कायम गरिएको छ।
अन्य प्रमुख मुद्रातर्फ युरोको खरिददर १७३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७४ रुपैयाँ १४ पैसा तोकिएको छ भने बेलायती पाउण्ड १९९ रुपैयाँभन्दा माथि कारोबार भइरहेको छ। स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलरको भाउ पनि स्थिर देखिएको छ।
एसियाली मुद्रातर्फ जापानी येन, चिनियाँ युआन, साउदी रियाल र कतारी रियालको दर समेत सार्वजनिक गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले आवश्यक परे विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूमा दर फरक हुन सक्ने पनि उल्लेख गरेको छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्