राष्ट्र बैंकद्वारा आजको विदेशी विनिमयदर सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको छ।

युरो एकको खरिददर १७२ रुपैयाँ १६ पैसा तथा बिक्रीदर १७२ रुपैयाँ ८७ पैसा कायम हुँदा बेलायती पाउण्डको खरिददर १९७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआनलगायत विभिन्न मुद्राको विनिमयदर पनि तोकिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुनसक्ने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *