६८ सांसदको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पेसी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ९

काठमाण्डौँ । प्रतिनिधि सभा विघटनविरुद्ध ६८ सांसदले दायर गरेको रिटमा आज पेसी तोकिएको छ । ६८ सांसदहरुको वारेसमार्फत् पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले मंगलबार रिट दायर गरेका थिए ।

सो रिटमा प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जिकिर गर्दै पुनर्स्थापनाको माग गरिएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेपछि प्रतिनिधि सभा विघटन गरी २७ गते सुशीला कार्की नेतृत्वको चुनावी सरकार गठन गरिएको थियो ।

प्रतिनिधि सभा विघटन र चुनावी सरकार गठन असंवैधानिक भएको जिकिर गर्दै यसअघि गत मंसिर १० गते नेकपा एमालेका ७५ सांसदहरुले प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित रिट दायर गरेका थिए ।

यसैगरी मंसिर २३ गते कांग्रेसका ८ जना सांसदहरुले पनि रिट दायर गरेका थिए । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायतले दायर गरेको रिटमा यही पुस २ गते सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो ।

मंगलबार पुस ८ गते फेरि कांग्रेसका ६५ जनाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसद गरी जम्मा ६८ जनाले हस्ताक्षर गरेर रिट दायर गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *