दलको नेता बने बालेन : दिए सभापति रविले बालेनलाई बधाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १२

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शुक्रबार प्रधानमन्त्रीको शपथ लिन लागेका वरिष्ठ नेता बालेन शाहलाई बधाई तथा शुभकामना दिएका छन् ।

केन्द्रीय कार्यालय वनस्थलीमा बिहीबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बालेनलाई सर्वसम्मत दलको नेता चयन गर्ने प्रस्ताव अनुमोदन गरेपछि रविले बधाई तथा शुभकामना दिएका हुन् ।

‘संसदीय दलको तर्फबाट उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु’, बैठक समापन गर्दै रविले भने । बालेनले शुक्रबार १२ः३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । भोलि नै दिउँसो २ः१५ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा पदभार ग्रहण गर्दैछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Stephen2802

    March 26, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *