बालेनलाई दलको नेता चयन गर्न रास्वपाले केन्द्रीय समितिमार्फत विधान संशोधन गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई दलको नेता चयन गर्न पार्टीभित्र आन्तरिक अनौपचारिक रूपमा छलफल भइरहेको जनाएको छ ।

प्रवक्ता मनिष झाले चाँडै केन्द्रीय समिति बैठक बसेर विधान संशोधन गरी शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी भइरहेको बताए ।

दलको नेताबारे निर्णय गर्न प्रक्रियागत कुराहरू पुरा गर्नुपर्ने र अहिले त्यो प्रक्रिया पुरा गर्न पार्टीका केही नेताको उपस्थिति अनिवार्य रहेको पनि रास्वपाले जनाएको छ ।

रास्वपा बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावमा गएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *