|
२०८२ चैत्र ९
झापा—दमक नगरपालिकामा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएपछि कुखुराको मासु, अण्डा र सम्बन्धित सामग्रीको ओसारपसारमा पूर्ण रोक लगाइएको छ।
दमक–१० का एक लेयर्स फार्ममा कुखुरा बिरामी भई मृत्यु भएपछि गरिएको परीक्षणले सङ्क्रमण पुष्टि गरेको हो। नगरपालिकाले प्रभावित क्षेत्रमा प्रवेश नियन्त्रण, डिसइन्फेक्सन अनिवार्य र कुखुरा नष्ट गर्ने तयारी सहित सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
नगरप्रमुख रामकुमार थापाका अनुसार, बर्ड फ्लु मानिसमा पनि सर्न सक्ने भएकाले रोकथाममा सबैको सहयोग आवश्यक छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्