|
२०८२ चैत्र ७
काठमाडौं – भद्र २३–२४ को घटनासम्बन्धी कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न युवाहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
घटनामा घाइते र शहीदको न्याय सुनिश्चित गर्न प्रतिवेदन लुकाउन नपाइने उनीहरूको मुख्य माग थियो। प्रदर्शनकारीहरूले “कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर” लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरे।
युवाहरूले स्पष्ट पारे– जेनजी आन्दोलनका कारण नेताहरू बने पनि आन्दोलनको उद्देश्य अझै पुरा हुन सकेको छैन। भद्र २३–२४ का घटनामा दोषीहरूलाई कारवाही हुनुपर्ने माग उनीहरूले दोहोर्याए।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्