|
२०८२ चैत्र ७
काभ्रेपलाञ्चोक — लगातार वर्षाका कारण बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी अवरुद्ध भएको छ।
रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी डाइभर्सन रोशी खोलाको बहाव बढ्दा बगाएको प्रहरीले जनाएको छ।
स्थानीय अधिकारी र सडक विभागले राजमार्ग खुलाउने काम गरिरहेको भए पनि यात्रुहरूलाई परिस्थिति बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ। अवरुद्ध सवारी साधनहरू भकुण्डे, कटुन्जे, दुम्जा र सिन्धुली खण्डमा रोकिएका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्