काठमाण्डौँ । यही चैत १३ गते रास्वपा बरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने तय भएपछि १८ सदस्यीय मन्त्रिपरिषद बनाउने गृहकार्य सुरु गरेको छ ।
२१ फागुनको निर्वाचनबाट प्रचण्ड बहुमतसहित सरकार सञ्चालनको संघारमा पुगेको रास्वपाले १८ सदस्यीय मन्त्रिपरिषद गठनको तयारी गरेको हो ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले १८ सदस्यीय मन्त्रिपरिषद बैठक गठनको प्रयास भइरहेको जानकारी दिएका छन् ।
मन्त्रालयको संख्या र मन्त्री बन्नेहरुको नामावली टुंगो नलागेको बताउँदै सकेसम्म १८ वा त्योभन्दा कम गर्ने गरी छलफलमा रहेको उनले बताए ।
उनका अनुसार यसक्रममा केही मन्त्रालय गाभ्ने कि मन्त्रीहरुलाई दोहोरो जिम्मेवारी दिने भन्ने विषयमा छलफल चलिरहेको छ ।
यही चैत १३ गते प्रधानमन्त्रीको शपथ ग्रहणकै बेला सबै मन्त्रीहरुले पनि शपथ ग्रहण गर्ने गरी तयारी भइरहेको जानकारी उनले दिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्