रास्वपामा मन्त्रिमण्डल गठनको गृहकार्य हुँदै, अर्थमा स्वर्णिम वाग्ले निर्विकल्प, गृहमा दुई जनाको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ४

काठमाण्डौँ । दुई तिहाइ नजिक बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला मन्त्रिमण्डल गठनको गृहकार्यमा छ । मन्त्रालयगत रूपमा सम्बन्धित उम्मेदवारको रोस्टर बनाएर छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार अहिले अर्थमन्त्रीमा स्वर्णिम वाग्लेको नाम मात्रै चर्चामा छ । वाग्ले जत्तिको पोर्टफोलियो भएको व्यक्ति नभेटिएकोले उनको दाबी हुँदासम्म अरू कसैले पनि यो मन्त्रालयको दाबी नगरेको बताइन्छ ।

यसअघि वाग्लेलाई ‘चेक’ गर्न राष्ट्रिय सभामा अहिलेका अर्थमन्त्री रामेश्वर खनाललाई लैजाने चर्चा थियो । तर, सरकारले राष्ट्रिय सभामा रिक्त विज्ञ सांसदमा अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ ।

त्यस्तै, अर्को शक्तिशाली मन्त्रालयको रूपमा रहेको गृह मन्त्रालयमा भने दुई जनाले दाबी गरिरहेका छन् । अहिलेसम्म पार्टीका उपसभापति डीपी अर्याल तथा नेता सुनिल लम्सालले उक्त मन्त्रालयको दाबी गरिरहेका छन् ।

लम्साल बालेन निकट हुन् । रुपन्देही–१ बाट निर्वाचित उनको नाम यसअघि बालेन टिमको तर्फबाट महामन्त्रीका लागि चर्चामा समेत थियो । शक्तिशाली मन्त्रालयमा बालेन र रवि पक्षबिच सन्तुलन मिलाउन बालेन पक्षले लम्साललाई ल्याउन चाहेको छ । तर, अर्यालले भने आफू गृहमन्त्री बाहेक अरू केही नबन्ने बताउँदै आएको छन् ।

पार्टीले भने अर्याललाई सभामुखको रूपमा अघि सारेको छ, तर उनले सभामुख बन्न रुचि नदेखाएको बताइन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *